ताकाइची बनिन् जापानको पहिलो महिला प्रधानमन्त्री
२०८२ कार्त्तिक ०४ मङ्गलवार
- तल्लो सदनमा भएको मदानमा उनले २३७ मत प्राप्त गरेकी थिइन् । ४६५ सदस्यीय तल्लो सदनमा बहुमतका लागि २३३ मत आवश्यक पर्दछ ।
काठमाडौँ : साने ताकाइची जापानको पहिलो महिला प्रधानमन्त्री बनेकी छन् । केहि साता अघि जापानको लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) को अध्यक्षमा निर्वाचित भएकी ताकाइचीलाई जापानको तल्लो सदनले प्रधानमन्त्रीमा निर्वाचित गरेको छ ।
तल्लो सदनमा भएको मदानमा उनले २३७ मत प्राप्त गरेकी थिइन् । ४६५ सदस्यीय तल्लो सदनमा बहुमतका लागि २३३ मत आवश्यक पर्दछ ।
मतदान हुनु अघिय मंगलबार नै ताकाइचीले जापान इनोभेसन पार्टी (जेआइपी) सँग गठबन्धन बनाउन सहमति गरेकी थिइन् । जेआइपीको तल्लो सदनमा ४१ सिट रहेको छ ।
त्यस्तै २४७ सदस्यीय उपल्लो सदनमा पनि ताकाइचीले १२५ मत प्राप्त गर्दै बहुमत हासिल गरेकी छन् ।
जापानको इतिहासमा ताकाइची पहिलो महिला प्रधानमन्त्री बनेकी छन् । ६४ बर्षिय ताकाइचीलाई जापानमा दक्षिणपन्थी रूढिवादी नेता मानिन्छ । सेप्टेम्बर २०२४ मा प्रधानमन्त्री बनेक शिगेरु इशिबाले राजीनामा दिएपछि जापानले नयाँ प्रधानमन्त्री चुनेको हो । उनले मुद्रास्फीति र आर्थिक समस्याहरू समाधान गर्ने वाचा गरे, तर सोचे अनुसार काम गर्न सकेनन भने एलडीपी-कोमेइतो गठबन्धनले अक्टोबर २०२४ मा तल्लो सदन (प्रतिनिधि सभा) को चुनावमा बहुमत गुमाएपछि जुलाई २०२५ मा माथिल्लो सदन (काउन्सिलरहरूको सभा) को चुनावमा उनको दलले ठूलो हार बेहोर्यो। १९५५ पछि पहिलो पटक पार्टीले दुवै सदनमा बहुमत गुमाएपछि उनले राजीनामा दिएका थिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कार्की आयोगको प्रतिवेदनमा सुरक्षा निकाय बारे अध्ययन गर्न सरकारले बनायो समिति
-
मन्त्रिपरिषद्को बैठक जारी
-
परराष्ट्रमन्त्री खनालसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
-
अमेरिकाको आरोप असत्य छ, इरानलाई सैन्य हतियार दिएका छैनौं- चीन
-
भुमि व्यवस्था मन्त्रालय लुम्बिनीका तत्कालिन सचिवसहित १६ जनाविरुद्ध मुद्धा दायर
धेरै पढिएको
-
६ वटै दलको घोषणापत्र समेटेर सरकारले ल्यायो ‘राष्ट्रिय प्रतिबद्धतापत्र’
-
बालेन्द्र सरकारका कुन मन्त्रीको कति सम्पत्ति छ ?
-
कर्णालीको हवाई सास्ती : करोडौँका विमानस्थल घाँसे मैदान, राजधानीसँगै छैन सिधा सम्पर्क
-
उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिबेदनमा के छ ? - हेर्नुहोस पुर्णपाठ
-
के इन्डक्सनमा पानी पर्दा साच्चै बिजुलीको झट्का लाग्छ ?
विशेष
इरानको आन्तरिक संरचना र मध्यपूर्वको युद्ध
मध्यपूर्वमा डलर, तेल, र धर्मको मिश्रणले राजनीति, कूटनीति, र द्वन्द्व सिर्जना गरेको छ । यसले मुख्य उद्देश्य सभ्यताको रक्षा तथा नेतृत्व जस्तो देखिन सक्छ । यही कारणले यो संघर्ष करिब अन्तहीन जस्तो देखिन्छ । केही समयको विश्रामपछि नयाँ संस्करणको युद्ध फेरि सुरु हुन्छ ।